पुर्नबीमा कम्पनीको सञ्चालकमा पाण्डे र अर्यालको पुनः नियुक्ति « Arthapath.com
२० बैशाख २०७८, सोमबार

पुर्नबीमा कम्पनीको सञ्चालकमा पाण्डे र अर्यालको पुनः नियुक्ति



काठमाडौं । नेपाल पुर्नबीमा कम्पनीको सञ्चालक पदमा दीपप्रकाश पाण्डे र डा डिल्लीराज अर्याल पुनः नियुक्त भएका छन् । उनीहरु दुबै जना अहिले पनि कम्पनीमा सञ्चालक छन् । उनीहरुको कार्यकाल वैशाख २१ मा सकिन लागेपछि दुबै जनालाई पुनः नियुक्ति गरिएको हो ।

हिजो आइतवार बसेको कम्पनीको सञ्चालक समितिले दुबै जनालाई पुर्ननियुक्ति दिने निणर्य गरेको हो । नेपाल पुर्नबीमा कम्पनीमा नेपाल सरकार र सबै बीमा कम्पनीहरुको लगानी छ । यसमध्ये संस्थागत लगानीकर्ता समूहबाट पाण्डे र अर्याल सञ्चालक भएका हुन् ।

पाण्डे शिखर इन्स्योरेन्समा र अर्याल राष्ट्रिय बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत छन् । उनीहरुलाई पुनः नियुक्ति गर्ने सञ्चालक समितिको निणर्य कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन हुनुपर्ने छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्