७ श्रावण २०८३, बिहिबार

Banner First

५ जना सवार मुस्ताङ एयरको हेलिकप्टर रसुवाको लाङटाङ क्षेत्रमा सम्पर्कविहीन

काठमाडौँ । रसुवाको पर्यटकीय क्षेत्र लाङटाङमा पाइलटसहित पाँच जना सवार एक हेलिकप्टर सम्पर्कविहीन भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त हेलिकप्टर आज दिउँसो साढे १ बजेदेखि टावरसँगको सम्पर्कभन्दा बाहिर गएको हो। सम्पर्कविहीन भएको क्षेत्र दुर्गम र टेलिफोन सञ्चारको पहुँचभन्दा बाहिर रहेकाले घटनाको विस्तृत विवरण प्राप्त हुन कठिन भइरहेको छ।