काठमाडौं । नविल बैंकको ३६ औं साधरण सभाबाट सर्वसाधरणबाट नियुक्त भएका संचालकको पदबहाली भएको छ । बैंकको उक्त सभाले सर्वसाधरण शेयरधनी समुहको तर्फबाट बैंकको सञ्चालक समितिमा अनन्त पौड्याल तथा प्रविन टिवडेवाला निर्वाचित भएका थिए । उनीहरुको आजबाटै पदबहाली भएको बैंकले जानकारी दिएको छ ।