कर्पोरेट « Arthapath.com
२ पुष २०७७, बिहीबार

कर्पोरेट

बैंकर्स संघमा चुनावको लहर, उपाध्यक्षसहित दुई कार्यसमिति सदस्य चयन गर्ने

काठमाडौं । उपाध्यक्षसहित अन्य दुई कार्यसमिति सदस्य चयन गर्न नेपाल बैंकर्स संघले पुस मध्यमा वार्षिक साधारणसभा बोलाएको छ । गत मंगलबार संघको कार्य समितिले वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्दै पुस दोस्रो साता साधारणसभा डाक्ने निर्णय गरेको हो । यस पटकको साधारणसभामा रिक्त रहेको उपाध्यक्ष पदमा चयन गरिने छ ।