काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको विरोधमा उत्रिएका काठमाडौंको लप्सीफेदीका प्रदर्शनकारीहरुलाई प्राधिकरणले वार्तामा बोलाएको छ । काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका स्थानीयले गाउँमा राख्न लागिएको प्राधिकरणको सबस्टेशन निर्माण गर्न नहुने भन्दै विरोध प्रदर्शन गरिरहेका छन् । नगरपालिकाका प्रमुख रमेश नापित र वडाध्यक्ष सूर्यबहादुर तामाङसहित आन्दोलनरत पक्षलाइ वार्तामा बोलाइएको प्राधिकरणले जनाएको छ