काठमाडौं । स्रोत नखुलेको नेपाली नगद १० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ कलंकीका २८ वर्षीय आशिष खाती क्षेत्री रहेको प्रहरीले जनाएको छ । उनलाई शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट प्रहरीले नगदसहित पक्राउ गरेको हो ।