नेपाल पुनर्बीमाले बल्ल सार्वजनिक गर्यो गत आवको चौंथो त्रैमासिक रिर्पोट, कस्तो छ वित्तीय अवस्था ? « Arthapath.com
२ मंसिर २०७९, शुक्रबार

नेपाल पुनर्बीमाले बल्ल सार्वजनिक गर्यो गत आवको चौंथो त्रैमासिक रिर्पोट, कस्तो छ वित्तीय अवस्था ?



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले बल्ल गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।
विवरण अनुसार गत आवमा कम्पनीले निर्जीबन तथा जीवन बीमा व्यवसायबाट ६७ करोड ३८ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने १०.४४ प्रतिशतले बढी हो ।

उक्त अवधिमा कम्पनीले निर्जीबन बीमा व्यवसायबाट ५६ करोड ५० लाख ४४ हजार रुपैयाँ नाफा कमाएको छ । तर, जीवन बीमा व्यवसाय तर्फ भने १० करोड ८८ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको देखिएको छ ।

अघिल्लो वर्षको सोही अवधि अर्थात चौंथो त्रैमासमा भने कम्पनीले निर्जीवन बीमा तर्फ ५७ करोड ५३ लाख ५६ हजार र जीवन बीमा व्यवसाय तर्फ ३ करोड ४७ लाख ६२ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

गत आवमा कम्पनीले निर्जीबन व्यवसायबाट ८ अर्ब ८७ करोड ६७ लाख ७१ हजार रुपैयाँ र जीवन बिमा व्यवसायबाट १ अर्ब ८८ करोड ९८ लाख १८ हजार रुपैयाँ खुद बिमा शुल्क संकलन गरेको छ ।

उक्त अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन १२ अर्ब ४ करोड ५८ लाख रुपैयाँ रहेको छ । गत आवमा कम्पनीले ७ अर्ब २२ करोड १२ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने उक्त अवधिमा भुक्तानी हुन बाँकी दावी रकम १ अर्ब ९७ करोड ६६ लाख रुपैयाँ देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ६ अर्ब १३ करोड २ लाख ४ हजार रुपैयाँ, निर्जीवन बिमा कोषमा २८ करोड ४७ लाख रुपैयाँ रहेको छ । तर, जीवन बिमा कोषको विवरण भने उल्लेख छैन ।

गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ५ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ५ पैसा रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्