सोमबार सुन २ सय र चाँदी ३५ रुपैयाँले घट्यो « Arthapath.com
४ आश्विन २०७८, सोमबार

सोमबार सुन २ सय र चाँदी ३५ रुपैयाँले घट्यो



काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज सुन तोलामा २ सय र चाँदी ३५ रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ८८ हजार ९ सय र तेजावि सुन ८८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको् नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदी एकैदिन तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ३५ रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।

गत शुक्रबार सुन एकैदिन तोलामा १४ सय र चाँदी ३० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ८९ हजार १ सय र तेजावि सुन ८८ हजार ६ सय ५० रुपैयाँ र चाँदी १ हजार ज्ञ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

हिजो आइतबार भने सुनचाँदी स्थिर रहेर शुक्रबारकै मुल्यमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्