सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
६ चैत्र २०७९, सोमबार

सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं। साताको दोस्रो कारोबारको दिन सुनको् मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य १ लाख ९ हजार ३०० रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । आइतबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम रहेको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको महासंघले जानकारी दिएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम थियो । आज १५ रुपैयाँले घट्दै तोलामा १३ सय ३० रुपैयाँ कायम भएको हो ।


प्रतिक्रिया दिनुहोस्