साउन ५ गतेदेखि तेह्रथुम पावरले आईपीओ निष्काशन गर्ने « Arthapath.com
२८ असार २०७८, सोमबार

साउन ५ गतेदेखि तेह्रथुम पावरले आईपीओ निष्काशन गर्ने



काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले साउन ५ गतेदेखि प्राथमिक शेयर आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनिले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ सय रुपैया अंकित ४ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

उक्त आईपियोमा तेह्रथुम जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन दिन सक्ने छन । इच्छुक लगानिकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । उक्त शेयरमा आवेदन दिनका लागि माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बङ्गलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरि खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका तेह्रथुमबाट आवेदन दिन सक्ने कम्पनिले जानकारी दिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्