सांग्रिला बैंकको बोनस शेयर डिम्याट खातामा « Arthapath.com
२९ असार २०७८, मंगलवार

सांग्रिला बैंकको बोनस शेयर डिम्याट खातामा



काठमाडौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस शेयर डिम्याट खातामा जम्मा भएको छ । बैंकले आफना शेयरधनीहरुको डिम्याट खातामा ५ प्रतिशत बोनस शेयर जम्मा गरेको हो ।

गत चैत २३ गते सम्पन्न भएके कम्पनिको १६ औं साधारण सभाले छ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गरेको थियो ।

चैत ९ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको खातामा बैंकले ५ प्रतिशतका दरले् हुन आउने रकम जम्मा गरेको छ । त्यसैगरी चैत ९ गतेसम्म शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुलाई बैंकले शिघ्र शेयर अभौतिकीकरण गराई आफ्नो खाताको विवरण बुझाउन आग्रह गरेको छ ।

बैंकको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्