एक कम्पनीको शेयरमा नकारात्मक सर्किट, यी १० कम्पनीका लगानीकर्ता गुमाए सर्वाधिक « Arthapath.com
२१ मंसिर २०७९, बुधबार

एक कम्पनीको शेयरमा नकारात्मक सर्किट, यी १० कम्पनीका लगानीकर्ता गुमाए सर्वाधिक



काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.६१ अकंले घटेर १९१७.२८ बिन्दुमा बन्द भएको छ । शेयर बजार केही दिन देखि ओरालो लागि रहेको छ । अर्थतन्त्रका अधिकांश सूचक सुधार र ब्याजदर नियन्त्रणमा आउँदा समेत शेयर बजारमा सुधार आउन सकेको छैन ।

बुधबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २४६ कम्पनीको ८० लाख ९२ हजार ७१९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५० रुपैयाँको कारोबार भएको छ ।

आज नाडेप लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, ग्लोबल आइएमई बैकको ९.२९ प्रतिशत, सिटिजन म्युचुअल फण्ड १ को ७.५६ प्रतिशत, शिवम सिमेन्टको ४.८६ प्रतिशत र नारायणी डेभलपमेन्टको ४.८६ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्