यी हुन् आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका र कमाउने कम्पनीहरु « Arthapath.com
२५ फाल्गुन २०७९, बिहीबार

यी हुन् आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका र कमाउने कम्पनीहरु



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ ।

बिहीवार बजार ५०.०४ अंकले बढेको छ । सो दिन बजार परिसुचक २ हजार अंकको बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबार रकममा पनि सुधार देखिएको छ । आज सबै सूचकहरुमा हरियाली देखिएको छ । सो दिन १ अर्ब ५६ करोड ५५ लाख ५८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

उक्त दिन तीन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज शुभम पावरको सेयर मूल्य ९.९८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ९.४४ प्रतिशत, शिवश्री हाइड्रोपावरको ८.५२ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, बिहीवार अभियान लघुवित्त, जोशी हाइड्रोपावर, अजोड इन्स्योरेन्स, युनियन हाइड्रोपावर, लुम्बिनी जनरल, पिपुल्स हाइड्रोपावर, आदर्श लघुवित्त, साना किसान विकास लघुवित्त, ङादी ग्रुप, महुली लघुवित्तका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्