नेप्सेले गर्यो चार कम्पनीको सेयर मूल्य समायोजन, अब कुनको कतिमा खुल्छ कारोबार ? « Arthapath.com
२५ फाल्गुन २०७९, बिहीबार

नेप्सेले गर्यो चार कम्पनीको सेयर मूल्य समायोजन, अब कुनको कतिमा खुल्छ कारोबार ?



काठमाडौं । सांग्रिल डेभलपमेन्ट बैंकसहित चार वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार सांग्रिला डेभलपमेन्ट बैंक, साल्ट ट्रेडिङ्ग कर्पोरेशन,साना किसान विकास लघुवित्त र आशा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो ।

सांग्रिला डेभलपमेन्ट ८.५३४ प्रतिशत बोनस सेयरको मूल्य समायोजनपछि नेप्सेले प्रतिकित्ता ३११ रुपैयाँ ४२ पैसा तोकेको छ ।

यस्तै, साल्ट ट्रेडिङ्गको १० प्रतिशत बोनस सेयरको मूल्य समायोजनपछि प्रतिकित्ता ३ हजार ९४० रुपैयाँ ९१ पैसा निर्धारण भएको छ । बिहीवार कारोबार अन्तिम सेयर मूल्य ४ हजार ३३५ रुपैयाँको आधारमा नेप्सेले समायोजन गरेको हो ।

यस्तै, नेप्सेले साना किसान विकास लघुवित्तको २६ प्रतिशत बोनस सेयरको मूल्य समायोजनपछि प्रतिकित्ता ८८८ रुपैयाँ १० पैसा कायम गरेको छ । बिहीबार कम्पनीको अन्तिम कारोबार मूल्य १ हजार ११९ रुपैयाँ रहेको छ ।

आशा लघुवित्तको पनि १४.२८५७ प्रतिशत बोनस सेयरको मूल्य समायोजनपछि प्रतिकित्ता ७५२ रुपैयाँ ५० पैसा कायम गरेको छ । आज कम्पनीको अन्तिम कारोबार मूल्य ८६० रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्