कुमारी जबले आइपीओ निष्कासन गर्ने, एनआईसी एशिया क्यापिटलको “आइडिया टु आईपीओ” सेवा लिने सम्झौता « Arthapath.com
२६ फाल्गुन २०७९, शुक्रबार

कुमारी जबले आइपीओ निष्कासन गर्ने, एनआईसी एशिया क्यापिटलको “आइडिया टु आईपीओ” सेवा लिने सम्झौता



काठमाडौं । कुमारी जव प्रालीले आफ्नो वित्तीय क्षमता अभिवृद्धि गर्न आइपीओ जारी गर्ने भएको छ । मानव संसाधनको क्षेत्रमा विगत ९ वर्ष देखी काम गर्दे आएको नेपालको प्रतिष्ठित रोजगारदाता कम्पनीले सर्वसाधारणका ललागि आइपीओ जारी गर्न भएको हो ।

सोही कार्यका लागी, कुमारी जव प्रालीले एनआईसी एशिया क्यापिटलको “आइडिया टु आईपीओ” सेवा लिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

२०१४ मा स्थापित कुमारी जवले आफ्नो योग्यता र क्षमता अनुसार काम खोज्ने अनुभवी व्यक्तिहरू र सही प्रतिभा खोज्ने रोजगारदाताहरू बीच पुलको रूपमा काम गर्ने गरेको छ । विभिन्न सेवाहरु मध्य www.kumarijob.com पोर्टल नेपालकै अग्रण्ी अनलाईन जागिरको माध्यम मार्फत जागिर खोज्ने र कर्मचारी खोज्ने संस्थाहरूलाई सेवाहरू प्रदान गर्दै विभिन्न योग्यता र सिप अनुसारको श्रमीक आपुर्ति र विभिन्न रोजगार मुलक तालिम तथा परामर्स दिदै आइरहेको छ ।

सो सम्झौता समारोहमा बोल्दै कुमारी जवका प्रवन्ध निर्देशक सन्देस भण्डारीले कम्पनीलाई उच्च प्रविधियुत्त एकीकृत सेवा साथै ग्लोवल प्याटफर्ममा पुर्याउनको लागी आइपीओमा जाने निर्णय गरेको बताए । साथै सोहि कार्यक्रममा बोल्दै क्यापिटलका सीइओ रमेन्द्र रायमाझीले “आइडिया टु आईपीओ” अन्तर्गत एनआईसी एशिया क्यापिटलले संस्थागत परामर्श, निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रारको सेवा पनि प्रदान गर्ने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्