दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका, कसले कति दिँदैछन् बोनस र नगद ? « Arthapath.com
८ चैत्र २०८०, बिहीबार

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका, कसले कति दिँदैछन् बोनस र नगद ?



काठमाडौं । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिमा मौका रहेको छ । बिहीबार ग्रीन डेभलपमेन्ट बैंक र साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश सुरक्षित गर्ने अन्तिमा दिन हो ।

यी दुवै कम्पनीहरुले भोलि अर्थात् चैत ९ गते साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गर्दैछन् । त्यसका आधारमा आजसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्तालाई ३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सोही प्रस्ताव पारित गर्न बैंकले आगामी चैत २७ गते साधारण सभा बोलाएको छ।

यता, साल्ट ट्रेडिङ कर्पोरेसनले पनि आफ्ना लगानीकर्तालाइ १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत २३ गते वार्षिक साधारण सभा बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्