२१ रनरको मृत्युपछि चीनले अल्ट्रामेराथनलाई बन्द गर्यो « Arthapath.com
२० जेष्ठ २०७८, बिहीबार

२१ रनरको मृत्युपछि चीनले अल्ट्रामेराथनलाई बन्द गर्यो



गत महिनाको अत्यधिक मौसमले दौडमा भाग लिने २१ जना रनरको मृत्यु भएपछि चीनले सबै अल्ट्राम्राथन र लामो दूरी दौडहरू बन्द गरेको छ । गत महिना ग्यान्सु प्रान्तमा भएको १०० किलोमिटर अर्थात ६० माइल अल्ट्रामाराथन प्रतिायोगीतामा अचानक हावाहुरी र चिसो वर्षा हुँदा प्रतिस्पर्धामा सहभागी भएका १७२ जनामध्ये २१ जनाको मृत्यु भएको थियो भने १७२ जान धावकरु हराएको थिए ।

चीन सरकारले ट्रेल दौड, मरुभूमि ट्रेकिङ्,, विंगसूट उडान र अल्ट्रा–लामो दूरी दौडहरूलाई बन्द गर्ने निर्णय गरेको, चीनको जनरल एडमिनिस्ट्रेशन अफ स्पोर्टले जनाएको छ। अनिश्चित कालका लागी स्थगित गरिएको चीन सरकारले जनाएको छ । चिनियाँ एथलेटिक संघका अनुसार २०१९ सम्ममा ४८१ ट्रेल रेस र २५ अल्ट्रा म्याराथन आयोजित गरिएको थियो।

मे महिनाको २२ तारिखमा ग्यान्स प्रान्तमा सम्पन्न भएको यस प्रतिस्पर्धालाई हालसम्म कै नराम्रो खेलको संज्ञा दिएको छ ।


प्रतिक्रिया दिनुहोस्