२२० मेगावाटको सोलार विद्युत उत्पादनका लागि आठ वटा आयोजनाले पाए सर्भे लाइसेन्स - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

२२० मेगावाटको सोलार विद्युत उत्पादनका लागि आठ वटा आयोजनाले पाए सर्भे लाइसेन्स



काठमाडौं । आधा दर्जन आयोजनाले २२० मेगावाटको सोलार विद्युत उत्पादनका लागि सर्भे लाइसेन्स पाएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आव २०७९/८० सुरुभएसंगै हालसम्म ८ वटा आयोजनालाई सौर्य उर्जा उत्पदानका लागि सर्भे लाइसेन्स वितरण गरेको हो ।

विद्युत विकास विभागका अनुसार कृष्णपुर सोलर र सुरुङ्गा युटिलिटी स्केल ग्रीड–टाइ सोलार १०/१० मेगावाटको सोलार विद्युत उत्पादनका लागि सर्भे लाइसेन्स दिएको हो । यी दुवै कम्पनीले गत साउन ९ गते विद्युत विभागले सर्भे लाइसेन्स प्रदान गरेको हो ।

विभागका अनुसार गत साउन ९ गते कैलालीका दुई आयोजना गोदावरी र पहमानपुर सोलार र बर्दियाको भुरीगाउ सोलार आयोजनाले क्रमशः ४० मेगावाट, ३० र ४० मेगावाट सोलार विद्युत उत्पादनका लागि अनुमति पाएका छन् ।

यस्तै, नेपालगंञ्ज सोलारले २५ मेगावाटको सोलार विद्युत उत्पादनका लागि विभागबाट गत साउन १८ गते सर्भे लाइसेन्स पाएको छ । त्यसैगरि ४० मेगावाटको सोलार विद्युत उत्पादनका लागि कोहलपुर सोलार आयोजनाले गत साउन १९ गते विभागबाट अनुमति पाएको हो ।

यता, गुलरियाल सोला आयोजनाले पनि २५ मेगावाटको विद्युत उत्पादनका लागि विभागबाट साउन २३ गते अनुमति पाएको छ ।


प्रतिक्रिया दिनुहोस्