लामो समयदेखि कांग्रेस पार्टी र यसका सभापति शेरबहादुर देउवाको आलोचना गर्नु पर्दा उनकी पत्नी आरजु देउवा अर्थात् सबैले भन्ने गरेको ‘भाउजू’को नाम अगाडी आउँथ्यो । ‘आक्रमणकारी’हरुको निरन्तर शिकार बनिरहने तिनै भाउजूको ‘विशाल आकृति’ यसपल्ट ओझेलमा पर्यो । प्रधानमन्त्री पुष्पकमल दाहाललाई हुँदाखाँदाको गठबन्धन तोडेर नयाँ समीकरण बनाउन एक नाम काफी भयो,