थप पाँच वटा लघुवित्तले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ? « Arthapath.com
२१ माघ २०७९, शनिबार

थप पाँच वटा लघुवित्तले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ?



काठमाडौं । विभिन्न पाँच वटा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । यस साता आर्दश लघुवित्त, नाडेप लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, उपकार लघुवित्त, सिभिल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् ।

यी कम्पनीहरुले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई बोनस र नगद लाभांश वितरणको प्रस्ताव गरेका छन् ।

आर्दश लघुवित्तको माघ १८ गते बुधवार बसेको संचालक समितिको बैठकले गत आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

नाडेप लघुवित्तको माघ १८ गते बुधवार बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

यस्तै, मनकामना स्मार्ट लघुवित्तको माघ १६ गते सोमबार बसको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई ४.७६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरि, उपकार ।लघुवित्तको माघ १३ गते बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीका ६१.७५ प्रतिशत बोनस र ३.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यता, सिभिल लघुवित्तको माघ १३ गते बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको ११ प्रतिशत बोनस र ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यी पाँचै वटा कम्पनीहरुद्वारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीहरुको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्