काठमाडौं । लघुवित्त कम्पनीहरुको वित्तीय अवस्थामा बदलाव आएको छ । खराब कर्जाको चेपुवामा परेका लघुवित्त कम्पनीहरुको बिग्रँदो वित्तीय चित्रमा सुधार देखिएको हो । कर्जाको सावाँ, किस्ता र ब्याज नउठ्दा लघुवित्तको खराब कर्जा चुलिँदो थियो । खराब कर्जाको बढ्दो ग्राफले नाफामा पनि प्रभावित भईरहेको थियो । अधिकांश कम्पनीहरु नाफा घटेको थियो