काठमाडौँ । अब थाइल्याण्डले पनि समलैंगिक विवाहलाई मान्यता दिने भएको छ । विहीबारबाट त्यहाँ समलैंगिक विवाह दर्ता गर्न थालिएको हो । यस प्रकारको कानूनी मान्यता प्रदान गर्नेमा थाइल्याण्ड पुरै एसियाको दोस्रो सार्वभौम मुलुक हो । चीनको एक स्वशाशित क्षेत्र मानिने ताइवानले साढे ५ वर्ष अघि समलैंगिक विवाहलाई मान्यता दिएको थियो