काठमाण्डौ । मंगलबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । केही सातादेखि लगातार उकालो लागेको सुनको भाउ आज तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेको छ