काठमाडौं । नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलर ओस्वाल्ड (Elisabeth von Capeller Oswald) र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुबीच भेटवार्ता भएको छ । परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल स्वीजरल्याण्ड बीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने गरि आर्थिक तथा व्यापारिक र लगानी विस्तारमा केन्द्रित गर्नु पर्ने समय आएको बताए ।