काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेडलाई आइपीओ बिक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि कुल ६८ लाख ४२ हजार १०० कित्ता आइपीओ बिक्री गर्ने अनुमति पाएको हो । अनुमति पाएसँगैं कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो ।