तपाइलाई पर्यो त आइएमई लाइफको आईपीओ ? यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा « Arthapath.com
३० असार २०८०, शनिबार

तपाइलाई पर्यो त आइएमई लाइफको आईपीओ ? यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा



काठमाडौं । आइएमई लाइफको आइपीओ बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यलयमा आज असार ३० गते बाँडफाँट भएको छ ।

कम्पनीको आइपीओ गोला प्रथाबाट बाँडफाँट हुदाँ ९ लाख ६० हजारले १०।१० कित्ताका दरले आइपीओ पाएका छन् । आइपीओमा १२ लाख ९० हजार ७४१ जना आवेदकले १ करोड ५७ लाख ८७ हजार १५० कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीले असार २१ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो ।

कम्पनीको आइपीओ यी तीन तरिकाबाट हेर्ने सकिनेछ ।
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः iporesult.cdsc.com.np/ 
बिक्रि प्रबन्धकको वेबसाइटः https://www.civilcapitalmarket.com/
सिडीएससीको मेरोशेयरको वेबसाइटः  meroshare.cdsc.com.np/#/login

यो पनि


प्रतिक्रिया दिनुहोस्