सानिमा माई हाइड्रोपावरको साधारण सभा बुधबार बस्दैं, यस्ता छन् एजेण्डा
काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले ११औं वार्षिक साधारण सभा कात्तिक २ गते गर्ने भएको छ । सभा स्मार्ट दरबार ब्याक्वेट धुम्बारही काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो ।
सभाले सञ्चालक समितीले प्रस्ताव गरेको ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी आर्थिक वर्ष २०७८।२०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९।२०८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज १२ गते बुक क्लोज गरेको हुदाँ असोज ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।













