सानिमा माई हाइड्रोपावरको साधारण सभा आज बस्दै, यी प्रस्ताव हुदैं छ पारित
काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले ११औं वार्षिक साधारण सभा आज अर्थात कात्तिक २ गते बस्दैछ । सभा स्मार्ट दरबार ब्याक्वेट धुम्बारही काठमाडौंमा बस्ने गरी बोलाएको हो ।
सभाले सञ्चालक समितीले प्रस्ताव गरेको ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी आर्थिक वर्ष २०७८।२०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९।२०८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज १२ गते बुक क्लोज गरेको हुदाँ असोज ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।













