मध्य भोटेकोशी १ करोड ८५ लाख खुद नोक्सानीमा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

मध्य भोटेकोशी १ करोड ८५ लाख खुद नोक्सानीमा



काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेड चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी १ करोड ८५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा कम्पनीको खुद नोक्सानी १५५ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनी ७२ लाख ६९ हजार खुद नोक्सानीमा रहेको थियो ।

असोज मसान्तसम्मको अवधिमा कम्पनीको ब्यवस्थापकीय खर्च १ करोड ८३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्ष उक्त खर्च ७५ लाख रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्तापूँजी ६ अर्ब रुपैयाँ, रिटेन्ड अर्निग ३६ करोड ५३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्