नेसनल हाइड्रोपावरको मुनाफा ९८ प्रतिशले घट्यो, चुक्तापूँजी साढे १ अर्ब माथि लम्किदैं
काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको मुनाफा घटेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको मुनाफा ६८ लाख १८ हजार रुपैयाँमा सिमित भएको छ । जुन गत आर्थिकको भन्दा ९८.४८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीको नाफा ५८ करोड ७४ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।
असोज मसान्तसम्ममा कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी ३६८.६८ प्रतिशतले बढाएर ६ करोड ३६ लाख २८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट १ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड ५० लाख १६ हजार रुपैयाँ, जगेडा कोषमा २ करोड ३८ लाख रुपैयाँ जम्मा रहेको छ ।
यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९६ पैसा छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ३६ पैसा रहेको छ ।













