राधी विद्युतको नाफा १८.४६ प्रतिशतले बढ्योः विद्युत बिक्रीबाट ४ करोड आम्दानी, इपीएस कति ?
काठमाडौं । राधी विद्युत कम्पनीले चालु आर्थिक वर्ष २०७९।०८० को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीले उक्त अवधिमा २ करोड ५ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको असोज मसान्तसम्मको तुलनामा भने १८।४६ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ७३ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
उक्त अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ४ करोड ९२ हजार रुपैयाँ रहेको छ । यो गत वर्षको तुलनामा भने कम्पनीको यो आम्दानी २।४५ प्रतिशतले कमी हो । गत वर्षको असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड १० लाख ९९ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको संचालन नाफा भने ३।४५ प्रतिशतले वृद्धि भई २ करोड ५० लाख १७ हजार रुपैयाँ रहेको छ । गत वर्षको असोज मसान्तसम्ममा भने कम्पनीको यो नाफा २ करोड ४१ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको चुक्ता पुँजी ६४ करोड ६४ लाख ४ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ २१ पैसा रहेको छ ।













