१८.२० प्रतिशतले बढ्यो बरुण हाइड्रोपावरको विद्युत बिक्री आम्दानी, कस्तो छ वित्तीय प्रगति ?
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।
विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा ८८ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको असोज मसान्तसम्मको तुलनामा भने १०.८५ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ९९ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
उक्त अवधिमा कम्पनीको विद्युत बिक्री हुने आम्दानी पनि वृद्धि भएको छ । पहिलो त्रैमासमा कम्पनीको यो आम्दानी १८.२० प्रतिशतले वृद्धि भई ३ करोड ८३ लाख ५७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा भने कम्पनीले विद्युत बिक्रीबाट ३ करोड २४ लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
उक्त अवधिमा कम्पनीकोि संचालन नाफा २ करोड १३ लाख ३३ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ१ करोड ७१ लाख ६ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९२ पैसा (वार्षिकीकरण गरिएको) र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ३९ पैसा रहेको छ ।













