रिडी पावरले सेयरधनीहरुलाई ४० प्रतिशत बोनस दिने, नगद कति ?
काठमाडौं । रिडी पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ४२.१० प्रतिशतले लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीको मंसिर ६ गते बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पुँजी ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।













