रुरु जलविद्युत् परियोजनाको साधारण सभा शुक्रबार बस्दैं, लाभांश पारित मुख्य एजेण्डा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

रुरु जलविद्युत् परियोजनाको साधारण सभा शुक्रबार बस्दैं, लाभांश पारित मुख्य एजेण्डा



काठमाडौं । रुरु जलविद्युत् परियोजना लिमिटेडको १७औं वार्षिक साधारण सभा शुक्रवार (कात्तिक ४ गते) बस्दैछ । सभा थापा गाउँ नयाँबानेश्वर काठमाडौंमा दिउँसो १ बजे बस्ने गरी बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज २७ गते बुक क्लोज गरेको हुदाँ असोज २६ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्