सानिमा माई हाइड्रोपावरको मुनाफा २३ करोड माथि, यस्तो छ अन्य सूचक - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सानिमा माई हाइड्रोपावरको मुनाफा २३ करोड माथि, यस्तो छ अन्य सूचक



काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा २३ करोड २४ लाख १९ हजार रुपैयाँ रहेको छ । जुन नाफा गत वर्षको भन्दा ४.४२ प्रतिशतले थोरै हो । गत वर्ष यसले २४ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

असोज मसान्तसम्मको अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ६.४३ ले घटेर ३२ करोड १७ लाख रुपैयाँमा झरेको छ । गत वर्ष यसले विद्युत् बिक्रीबाट ३४ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख रुपैयाँ, रटेन्ड अर्निङमा १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ १४ पैसाले घटेर ७ रुपैयाँ ५२ पैसा भएको छ भने प्रतिसेयर नेटवर्थ भने १३२ रुपैयाँ ४६ पैसाबाट बढेर १५५ रुपैयाँ भएको छ ।


प्रतिक्रिया दिनुहोस्