अर्थ पथ « Arthapath.com
२२ श्रावण २०७६, बुधबार

Author: अर्थ पथ

सबैको भगवान् ः गोसाइँकुण्ड भगवान्

फुर्पा तामाङ जसलाई गोसाइँकुण्डको शक्तिबारे थाहा छैन, उसलाई यो भनाइ अनौठो, अमिल्दो र अपत्यार लाग्दो हुन सक्छ । तर, जसलाई परेको छ, उसले यो कुरा साँच्चै हो रहेछ भन्ने लाग्छ । किनभने धर्म, धार्मिक र आध्यात्मिक कुरा कुनै तर्कले होइन विश्वास र आस्थाले मात्र अनुभूति गर्न सकिने विषय हो ।