काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिमसेती जलविद्युत आयोजना सुदूरपश्चिम प्रदेशका जनताले नै बनाउन सक्ने बताए । सुदूरपश्चिम प्रदेशका जनताले पनि लगानी गर्न सक्ने भन्दै अब बिदेशीको मुख ताक्नु नपर्ने देउवाले बताए । आन्तरीक लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने र नाफा पनि आफैले लिनुपर्नेमा उनले जोड दिए ।