असार मसान्तभित्र नवीकरण नगरे डिम्याट खाता फ्रिज हुने « Arthapath.com
१९ असार २०७९, आईतवार

असार मसान्तभित्र नवीकरण नगरे डिम्याट खाता फ्रिज हुने



काठमाडौं । असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्न आग्रह गरेका छन् भने नगरे फ्रिज हुने चेतावनी दिएका छन् । धितोपत्र बोर्डबाट निक्षेप सदस्यता (डिपोजिटरी पाटिसिपेन्ट वा डीपी) सेवाका लागि अनुमति पाएका कम्पनीहरुले असार मसान्तसम्म डिम्याट खाता नविकरण गर्न ग्राहकहरुलाई आग्रह गरेका हुन् ।

प्रत्येक वर्षको अन्त्यसम्म डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था अनुसार निक्षेप सदस्यहरुले असार मसान्तसम्म डिम्याट खाता नवीकरण गर्नुपर्ने भएको हो ।

वार्षिक १ सय रुपैयाँ शुल्क बुझाएपछि निक्षेप सदस्यहरुको डिम्याट खाता नवीकरण हुन्छ । यदि असार मसान्तभित्र डिम्याट खाता नवीकरण नगरेमा खाता फ्रिज हुने क्यापिटलहरुले जनाएका छन् । त्यसैले निक्षेप सदस्यहरुले धमाधम सूचना जारी गर्दै असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्न आग्रह गरेका हुन् ।

हालसम्म देशभर ५२ लाख ६० हजार जनाले डिम्याट खाता खोलेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ । डिम्याट खाता खोलिदिने संस्था (निक्षेप सदस्य) को संख्या ८० वटा रहेका छन् ।

डिम्याट खाता नवीकरण गर्न सम्वन्धित निक्षेप सदस्यकोमा नै गएर गर्न सकिनेछ । तर क्यापिटलहरुले अनलाइनबाट नै रकम भुक्तानी गरेर खाता नवीकरण गर्न सकिने ब्यवस्था मिलाएका छन् । बिओके क्यापिटल, माछापुच्छ«े क्यापिटल, सानिमा क्यापिटल, सिद्धार्थ क्यापिटल, एनआइबिएलएस क्यापिटल र ग्लोबल आइएमई क्यापिटल लगायतले सूचना जारी गरी डिम्याट खाता नवीकरण गर्न आग्रह गरेका हुन् । क्यापिटलहरुको वेबसाइट मार्फत तथा पत्रपत्रिकामा सूचना प्रकाशन गरेर डिम्याट खाता नवीकरण गर्न लगानीकर्ताहरुलाई आग्रह गरेका हुन् ।

डिम्याट खाता नवीकरण गर्न मोवाइल वालेट इसेवा, आइएमई पे, प्रभु पे वा कनेक्ट आइपिएस जस्ता विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने ब्यवस्था क्यापिटलहरुले मिलाएका छन् । साथै कुनै क्यापिटलले भने बैंकका जुनसुकै शाखा कार्यालयबाट पनि नवीकरण गर्न सकिने ब्यवस्था मिलाएका छन् ।

डिम्याट खाता नवीकरण नगरे डिम्याट खाता खोल्ने डिपीले खाता फ्रिज गर्ने भएका छन् । खाता फ्रिज भयो भने डेबिट पक्षका कार्य शेयर ट्रान्सफर गर्नु पर्दा समस्या हुन्छ । शेयर बिक्रि गरिसकेपछि डिम्याट फ्रिज भएको छ भने ईडिआईएस गरेर ट्रान्सफर गर्न नमिल्ने भएकाले डिम्याट फ्रिज हुनबाट रोक्नुपर्छ । यता क्रेडिट तर्फ भने कुनै समस्या पर्दैन । अर्थात् डिम्याट खाता फ्रिज रहेछ भने पनि खातामा आउनु पर्ने शेयर आइरहन्छ । तर त्यसको लागि भने मेरोशेयर नवीकरण गरिएको हुनुपर्छ । मेरोशेयर र डिम्याटको अवधि कति बाँकि छ र कहिले नवीकरण गर्नुपर्छ भन्ने विवरण मेरोशेयरबाट हेर्न सकिने ब्यवीस्था रहेको छ ।


प्रतिक्रिया दिनुहोस्