बालाजु क्षेत्रमा मेलम्चीको पानी आजदेखि वितरण सुरु - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

बालाजु क्षेत्रमा मेलम्चीको पानी आजदेखि वितरण सुरु



काठमाडौँ । मेलम्चीको पानी काठमाडौँ उपत्यका आएसैगै वितरण पनि सुरु भएको छ । आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर उक्त क्षेत्रमा पानी वितरण शुरु गरेको छ। हिजो विहिबारबाट पठाइएको पानि आज बिहान ५ बजेदेखि वितरण थालिएको उपत्यका खानेपानी लिमिटेडले जानकारी दिएको छ ।

खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यका अनुसार आज नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा वितरण हुने छ । बालाजु पोखरीमा पानि हालेर वितरण गरेसंगै अव बाँसबारीमा रहेको पोखरीमा मात्रै पानी पठाउन बाँकी रहेको शाक्यले बताएका छन ।पहिलो चरणमा दैनिक चार करोड लिटर ल्याइए पनि हाल दैनिक साढे आठ करोड लिटर पानि आउन थालेको छ ।

मेलम्चीको पानि चैत १५ गतेबाट वितरण सुरु गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्