पल शाह विरुद्ध गैडाँकोटमा अर्को जबरजस्ती करणी जाहेरी
काठमाडौं । नायक पूर्ण विक्रम शाह (पल शाह) विरुद्ध गैडाँकोटमा अर्को जबरजस्ती करणी जाहेरी परेको छ।
आज गैडाँकोटस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी परेको र सो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको हो ।
यस्तै गत बुधबार पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि बलात्कारको अभियोगमा जाहेरी दर्ता भएको थियो। सोही विषयमा थप अनुसन्धानका लागि शाहलाई आज मात्रै प्रहरीले पक्राउ गरेको छ।
















