थप १११ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ४ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २ सय २४ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जना गरी १११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४१५ जना निको भएका छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार १९१ पुगेको छ ।
सँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९३५ पुगेको छ भने ९ लाख ५६ हजार ४१३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ५१७ जना रहेका छन् ।
















