दुई महीनापछि सामान्य अवस्थामा फर्कियो काठमाडौं, अब सबै प्रतिबन्ध हटे
काठमाडौं । कोभिड–१९ को तेस्रो लहरका कारण लगाइएको प्रतिबन्धात्मक व्यवस्था हटेको छ भने काठमाडौं उपत्यका दुई महीनापछि सामान्य अवस्थामा फर्किएको छ ।
काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सबै प्रतबिन्धात्मक व्यवस्था हटाउने निर्णय गरेको हो। कोरोनाभाइरसको संक्रमण कम हुँदै गएकाले प्रतिबन्धात्मक व्यवस्था हटाउने निर्णय भएको ललितपुर जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकपछि ललितपुर जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा २१ फागुनदेखि लागू हुने गरी सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको जनाइएको छ । अब सबै क्रियाकलाप पूर्ववत रुपमा गर्न पाइने भएको छ ।
ललितपूरबाट जारी सूचना:

















