भन्सार छलेको अभियोगमा ४ जना विरुद्ध मुद्दा दायर, चार करोड रुपैयाँ बढीको बिगो दाबी - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

भन्सार छलेको अभियोगमा ४ जना विरुद्ध मुद्दा दायर, चार करोड रुपैयाँ बढीको बिगो दाबी



काठमाडौं । राजस्व अनुसन्धान विभागले चार जना विरुद्ध चार करोड ४६ लाख ३७ हजार १८४ रुपैयाँ बराबरको बिगो दाबी गर्दै ललितपुरको पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ ।

पर्सा पटेर्वा स्थायी घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१० कपन बस्ने सन्तोषचन्द्र बख्रेल, कागेश्वरी मनहरा नगरपालिका–६ का शैलेश पन्त, पर्सा ठोरी घर भई हाल काठमाडौं –५ बस्ने रवीन पाख्रिन र सर्लाही बरथहवा घर भई हाल काठमाडौं –७ बस्ने नारायणप्रसाद घिमिरेविरूद्ध मुद्दा दायर गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

विभागका अनुसार उनीहरूले भन्सार शुल्क, अन्तःशुल्क नियमावली, राजस्व चुहावट ऐनविपरीत पैठारी गरी राजस्व छलेको पाइएको छ । विभागले बख्रेल र पन्तसँग जनही एक करोड ४७ लाख ३२ हजार रुपैयाँ, पाख्रिनसँग एक करोड ४३ लाख ९२ हजार ३०६ रुपैयाँ र घिमिरेसँग सात लाख ८० हजार ८१८ रुपैयाँ बिगो माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस्