थप ८८ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार १४५ जनाको पीसीआर परीक्षण गर्दा ६६ जना र २ हजार ४९३ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जना गरी ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ३७६ जना निको भएका छन् ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार १३४ पुगेको छ ।
योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९४८ पुगेको छ भने ९ लाख ५९ हजार ४६९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २४२ जना रहेका छन् ।
















