सामाजिक सञ्जालमा राखिएको म्यादी प्रहरी भर्नाको सुचना भ्रमात्मक
काठमाडौं । स्थानिय तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक ‘म्यादी प्रहरी’ भर्ना सम्बन्धी सुचना भ्रमात्मक ठहरिएको छ । सामाजिक सञ्जालमा राखिएको पोष्टहरु सत्य नभएको र हालसम्म यस्तो सुचना प्रकाशित नगरिएको प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले जानाकारी दिएको हो ।
आवश्यक पर्ने म्यादी प्रहरी सम्बन्धी सुचना नेपाल प्रहरीको वेवसाइट र सार्वजनिक संचार माध्यममा भबिष्यमा प्रकाशित हुने व्यहोरा समेत जानकारी गराइएको छ ।
यस्तो छ विज्ञप्ती:

















