थप ७७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

थप ७७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु



काठमाडौं । मुलुकभरमा पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

५ हजार ६०७ जनाको पीसीआर परीक्षण गर्दा ६२ जना र २ हजार ३७४ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी ७७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १८१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ५ हजार २१२ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्य ५ हजार १०८ जना होम आइसोलेसनमा रहेका छन् भने १०४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्