सामलिङ पावरको वार्षिक साधारण सभा चैत २१ गते, यस्ता छन् एजेण्डा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सामलिङ पावरको वार्षिक साधारण सभा चैत २१ गते, यस्ता छन् एजेण्डा



काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडले आफ्नो वार्षिक साधारण सभो बोलाएको छ । कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा चैत २१ गते बोलाएको हो । कम्पनीको वार्षिक साधारण सधा कार्की ब्यांक्वेट बबरमहल, काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।

कम्पनीको सभाले आर्थिक बर्ष २०७७–७८ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आर्थिक बर्ष २०७७–७८ को लेखापरीक्षकको प्रतिवेदन र अनुसूचीसहितको वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने छ ।

त्यस्तै, हाल कायम सञ्चालक समितिको संख्या ११ जनाबाट घटाएर ७ जना बनाउने एजेन्डालाई पारित गर्ने भएको हो । जसका लागि कम्पनीको नियमावली संसोधन गर्ने एजेन्डा सभामा रहेको छ । साथै सर्वसाधारण शेयरधनीहरु समूह क बाट १ जना र समूह ग बाट १ जना गरी २ जना संचालकको निर्वाचन गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ चैत ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत ६ गतेसम्म नेप्सेमा कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्