नेशनल हाइड्रोपावरकाको स्थगित सभा आह्वान, लाभांश, हकप्रद र सुनकोशी हाइड्रो प्राप्तिको प्रस्ताव पारित गर्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेशनल हाइड्रोपावरकाको स्थगित सभा आह्वान, लाभांश, हकप्रद र सुनकोशी हाइड्रो प्राप्तिको प्रस्ताव पारित गर्ने



काठमाडौं । नेशनल हाइड्रोपावर पावर कम्पनी लिमिटेडले स्थगित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले यसअघि स्थगित भएको २५औं वार्षिक साधारण सभा पुन चैत ११ गते बोलाएको हो । कम्पनीको यसअघि फागुन ३० गते उक्त सभा बोलाएको थियो । तर गणपुरक संख्या नपुगेकोले सभा स्थगित भएको थियो । अब कम्पनीको वार्षिक साधारण सभा चैत ११ गते काठमाडौंको बालुवाटारस्थित डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेटमा दिउँसो १ बजे बोलाएको हो ।

कम्पनीको सभाले हाल कायम चुक्ता पूँजी १ अर्ब ३८ करोड ५१ लाख ८६ हजार २ सय रुपैयाँको १८.५२५ प्रतिशत अर्थात २५ करोड ६६ लाख ५ हजार ७४३.५५ रुपैयाँ बोनस शेयर र कर प्रयोजनार्थ ०.९७५ प्रतिशत अर्थात १ करोड ३५ लाख ५ हजार ५६५.४५ रुपैयाँ नगद गरी कूल १९.५ प्रतिशत अर्थात २७ करोड १ लाख ११ हजार ३०९ रुपैयाँ लाभांश वितराण गर्ने प्रस्ताव पारित गर्ने छ ।

बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । हकप्रद शेयर जारी गर्नका लागि नियमनकारी निकायबाट संशोधन, थपघट वा परिवर्तन गर्न कुनै निर्देशन भएमा सो कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ । त्यसैगरी, सभाले सञ्चालक समितिमा ७ जना सञ्चालक निर्वाचन गर्ने साधारण प्रस्तावलाई पारित गर्नेछ ।

सभाले सुनकोशी हाइड्रोपावर कम्पनीलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन छलफल गरी पारित गर्ने छ । कम्पनीले १ बराबर ०.२५ अनुपातमा सेयर प्रदान गर्ने गरी सुनकोशीलाई एक्वायर गर्न सभाको स्वीकृति मागेको छ ।

लाभांश र सभा प्रयोजनार्थ कम्पनीले फागुन १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्