बुटवल पावरको खुद नाफा २३ करोड ७५ रुपैयाँ, प्रतिशेयर आम्दानी कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बुटवल पावरको खुद नाफा २३ करोड ७५ रुपैयाँ, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा घटेको छ ।

गत आर्थिक वर्षको चैत मसान्तसम्म ४५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आईपुग्दा खुद नाफा २३ करोड ७५ रुपैयाँमा सिमित भएको छ । जुन नाफा वर्षको भन्दा ४८.२० प्रतिशतले थोरै हो ।

यस अवधिमा कम्पनीमो संचालन नाफा र अन्य स्रोत घट्दा खुद नाफा समेत घटेको हो । समिक्षा अवधिमा कम्पनीको संचालन नाफा ४९.०६ प्रतिशतले घटेर २४ करोड ६२ लाख रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको संचालन नाफा ४८ करोड ३४ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी ३४ करोडबाट घटेर ३ करोड रुपैयाँ, कम्पनीको विदुयुत बिक्री आम्दानी ५१ करोड रुपैयाँबाट बढाएर ५७ करोड रुपैयाँ र कम्पनीको चुक्तापूँजी ३ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्म आइपुग्दा बुटवल पावरको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ५४ पैसाबाट घटेर ७ रुपैयाँ ३२ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ २१४ रुपैयाँ १५ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्