१०.५२६ प्रतिशत लाभांश पारितका लागि सिक्लेस हाइड्रोपावरको साधारण सभा जेठ १३ गते बस्दै - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

१०.५२६ प्रतिशत लाभांश पारितका लागि सिक्लेस हाइड्रोपावरको साधारण सभा जेठ १३ गते बस्दै



काठमाडौं । सिलेक्स हाइड्रोपावर लिमिटेडको १७औं वार्षिक साधारण सभा जेठ १३ गतेका लागि बोलाएको छ । सभा आभ्या क्लब घारीपाटन १७ पोखरा कास्कीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले संचालक समितिबाट सिफारिस भए बमोजिम २०७८ अषाढ मसान्तसम्मको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्ततु हुने आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्न, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७।०७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्नुका साथै चालु आर्थिम वर्षको लेखा परीक्षणकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्